भर्खरै : Sorry, your browser does not support inline SVG.

भक्तपुर जिल्लाका चार घुम्नै पर्ने स्थानहरु

भक्तपुर जिल्लाका चार घुम्नै पर्ने स्थानहरु

भक्तपुर । नेपालकै सानो जिल्लाको रुपमा परिचित भक्तपुरमा धेरै घुम्ने ठाउँहरु छन् । यो जिल्ला कला र संस्कृतिको राजधानीको रुपमा रहेको छ । राजधनी काठमाडौं पुग्ने मानिसहरु भक्तपुरको कला संस्कृतिलाई नियाल्न पुगेकै हुन्छन् । काठमाण्डौ उपत्यका तिन जिल्ला काठमाण्डौ, भक्तपुर, ललितपुर मिलेर वनेका भए पनि आफ्नै खालका विषेशताहरु रहेका छन् । भक्तपुर जिल्लामा घुम्नै पर्ने चार ठाउँहरुबारे चर्चा गरौं ।

१. चाँगुनारायण मन्दिर
भक्तपुर नगरबाट ६ कि.मीको दुरीमा रहेको छ चाँगुनारायण मनिदर । यो मन्दिर भक्तपुर नगरबाट उत्तरमा अवस्थित रहेको छ । चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकिय क्षेत्रको रुपमा पनि महत्वपूर्ण रहेको छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिला स्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ४ मा पर्दछ ।चाँगुनारायण मन्दिर

काठमाण्डौं उपत्यकामा रहेका सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण उपत्यकामा रहेको प्राचिन मन्दिरमा सबैभन्दा पुरानो मानिन्छ । २०७२ सालको भूकम्पले भौतिक संरचना ढालेपछि पुनः निर्माण सकिएको छ । यहाँ केही संरचनाहरु निर्माण भइरहेका छन् ।

२. नगरकोट
नगरकोट काठमाडौ बाट ३२ किमी उत्तरपुर्वमा अवस्थित रहेको छ । प्राकृतिक दृष्यावलोकनको लागि उपयुक्त केन्द्र मानिने नगरकोट रमणीय पर्यटकिय क्षेत्रको रुपमा विकसित हँदै गएको छ । समुन्द्र सतहबाट २०७५ मिटर उचाईमा अवस्थित नगरकोटबाट सुर्योदय र सुर्यास्तको दृष्य अवलोकन गर्न पाइन्छ । नगरकोटबाट असंख्य मनमोहक हिमालयका चुचुराहरुका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा पनि देखिन्छ । यहाँवाट देखिने अन्य हिमाल चुचुराहरुमा मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् ।नगरकोट

नगरकोट चाँगुनायण नगरपालिका, काभ्रेको मण्डनदेउपुर नगरपालिका र काठमाडौंको संखरापुर नगरपालिकाको संगम स्थलको रुपमा रहेको छ । यहाँ भक्तपुरको कमलविनायकबाट सहजै पुग्न सकिन्छ । यहाँ पुग्ने बाटापूर्ण रुपमा पिज गरिएका छन् ।

३. भक्तपुर दरबार क्षेत्र
भक्तपुर दरबार क्षेत्र नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो । यो दरबार मल्लकालिन दरवार हो । भक्तपुर दरवारस्क्वायर ऐतिहासिक दृष्टिकोणवाट मात्र होइन साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल मानिन्छ । यो क्षेत्रमा ५५ झ्याले दरवार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचिन तथा एतिहासिक दृष्टिकोणबाट महत्वपूर्ण कला कृतिहरुको विशाल एवं अनौठो भण्डार रहेको पाइन्छ ।भक्तपुर दरबार क्षेत्र

५५ झ्याले दरवार, पाँच तले मन्दिर, सिद्धपोखरी, दत्तात्रय मन्दिर यहाका पमुख आकर्षण हुन भने भक्तपुरमा घुम्नै पर्ने ठाउँहरु मध्य दरबार क्षेत्र पनि एक हो । विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरवार स्क्वायर एउटा खुल्ला संग्रालयहरुको रुपमा परिचित रहेको छ ।

४. रानीकोट, घ्याम्पेडाँडा
रानीकोट काठमाडौं नजीकैको पहाडी थुम्को हो । यसको उचाई दुई हजार मिटर रहेको छ । रानीकोट एउटा ऐतिहासिक थलो भएकाले थुम्कामा पुराना इँटाका टुक्राहरू भेटिन्छन् । यो लिच्छिवीकालीन गढी भएर होला यस ठाउँमा उभिएर कञ्चनजंघा, सगरमाथा, मकालु, चोयु, सिसापाङ्गमा, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायत दर्जनौं हिमाल हेर्न पाइन्छ । घ्याम्पेडाँडामा तामाङ समुदायको बस्ती रहेको छ भने डाँडाको पुछारमा पाइलट बाबा आश्रम रहेको छ ।रानीकोट, घ्याम्पेडाँडा

 


Thali Mobile Pvt.Ltd.