काठमाडौं । संघीय अस्पतालमा उपचार गर्दा विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।
सरकारले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै विद्यार्थीहरूलाई ओपिडी शुल्कमा ५० प्रतिशत छुट्ट दिने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी प्रसाद खापुङले संघीय अस्पतालमा परीक्षण गर्न जाँदा ओपिडी शुल्कमा ५० प्रतिशत छुट पाउने बताए ।
ओपिडी सेवा लिनका लागि विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाउनु पर्ने उनको भनाइ छ ।
