विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुदा अछाममा एक जनाको मृत्यु, चार जना घाइते

विद्यार्थी बोकेको ट्याक्टर दुर्घटना हुदा अछाममा एक जनाको मृत्यु, चार जना घाइते

अछाम । मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा विद्यार्थी चढेको ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बाकी चार जना घाइते भएका छन् ।

घटनास्थलमै १६ वर्षीया मनीषा बुढाको मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले बताए । १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक दुर्घटनामा घाइते भएका छन् ।

दुर्घटना भएको ट्याक्टरमा च्यापिएका चार जना विद्यार्थीलाई उद्धार गरेर वयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।

आइतबार संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिकाको दर्वा र बगुडाको बिचमा बुढा खोला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

 


Thali Mobile Pvt.Ltd.