भर्खरै : Sorry, your browser does not support inline SVG.

१४ वर्षपछि भएको स्ववियु चुनावमा कहाँ कस्ले जिते ?

१४ वर्षपछि भएको स्ववियु चुनावमा कहाँ कस्ले जिते ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका अधिकांश आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन १४ वर्षपछि भएको छ । आइतबार भएको स्ववियु निर्वाचनमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेको त्रिविले जनाएको छ  ।

त्रिविका १३ आंगिक क्याम्पसमा निर्वाचन स्थगित भएको छ । प्रारम्भिक सूचनाअनुसार देशभरका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले बताए  ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । छिटफुटबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको अधिकारीको भनाइ छ ।

आइतबार बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । बाजुराको बुढीनन्द क्याम्पसमा विद्यार्थीबीच झडप हुँदा हवाई फायरसमेत भएको थियो । देशभरिका ६२ आंगिक क्याम्पसमध्ये १३ क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । विद्यार्थी संगठनबीच विवाद हुँदा उपत्यकाका केही क्याम्पससहित निर्वाचन प्रक्रिया रोकिएको छ  ।

आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्स क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ । नेपाल कमर्स क्याम्पसमा अन्तिम समयमा आएर निर्वाचन रोकिएको हो । सबैभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस,

ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन प्रक्रिया रोकिएको छ । ती क्याम्पसमा एक महिनामा भित्रै निर्वाचन गर्न त्रिविले निर्देशन दिएको छ । विभिन्न कारणले स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसलाई अबको ३० दिनभित्र स्ववियु निर्वाचन सम्पन्न गर्न त्रिविले निर्देशन दिएको हो  ।

स्ववियु निर्वाचनका क्रममा ४० राउन्ड हवाई फायर र पाँच सेल अश्रुग्यास प्रहार गरिएको छ । निर्वाचनका क्रममा भएको विवादले झडपको रूप लिएपछि प्रहरीले हवाई फायर तथा अश्रुग्यास प्रहार गर्नुपरेको हो  । सबैभन्दा धेरै तनाव बाजुराको बुढीगंगा गाउँपालिका– २ कोल्टीस्थित बुढीनन्दा क्याम्पसमा भएको हो  ।

सत्तागठबन्धन दलनिकट विद्यार्थी र एमालेनिकट अनेरास्ववियुबीच झडप हुँदा प्रहरीले ३९ राउन्ड हवाई फायर गर्नुपरेको थियो । क्याम्पसमा नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यस्तै ताप्लेजुङको फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्समा पनि असन्तुष्ट विद्यार्थीले मतदान बाकस तोडफोड गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको थियो ।

कालिकोटको सान्नी–त्रिवेणी गाउँपालिकास्थित जनचेतना बहुमुखी क्याम्पसमा निर्वाचनका क्रममा विद्यार्थी संगठनबीच विवाद भएको थियो । ढुंगामुढा हुन थालेपछि स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । निर्वाचन सकिएलगत्तै स्ववियु निर्वाचनको मतगणना सुरु भएको थियो ।

थोरै विद्यार्थी भएका र विद्युतीय मेसिन प्रयोग भएका क्याम्पसमा आइतबार नै नतिजा आएको छ  । उपत्यकाबाहिरका क्याम्पसका नतिजा आउने क्रम जारी छ । आइतबार भएको निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघले सभापति र सचिव जितेको छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियु, थापाथली क्याम्पसमा नेविसंघले जितेको छ  । यसअघि अखिल क्रान्तिकारी ३२, अनेरास्ववियु २९ र नेविसंघका १९ जना सभापतिमा निर्विरोध निर्वाचित भइसकेका छन् ।

कसले कहाँ जिते ?
अखिल क्रान्तिकारी
संजित सुवेदी, चन्द्रदोय बहुमुखी क्याम्पस, धादिङ
नवराज त्रिपाठी, जयबागेश्वरी बहुमुखी क्याम्पस, धादिङ
गणेश पाण्डे, आदर्श बहुमुखी क्याम्पस, धादिङ
दीक्षा मिश्र, अमरज्योति बहुमुखी क्याम्पस, नुवाकोट
अर्जुन खत्री, मोहन्याल बहुमुखी क्याम्पस भजनी, कैलाली
सीमान्त लुइँटेल, खदम क्याम्पस, केराबारी मोरङ
सरस्वती तिरुवा, रामपुर बहुमुखी क्याम्पस, कञ्चनपुर
रूपेश अर्याल, प्रताप स्मृति कलेज, दोलखा
नवीन आचार्य, क्षेत्रपाल क्याम्पस लिखु, नुवाकोट
जमुनादेवी शर्मा, शान्तिदीप बहुमुखी क्याम्पस, बाग्लुङ
अनिल उप्रेती, मछिन्द्र बहुमुखी क्याम्पस, धादिङ
विशाल थापा, शेंगेश्वर बहुमुखी क्याम्पस, गुल्मी
मोहन बोहरा, सेटिगाउँ बहुमुखी क्याम्पस, बैतडी
दीपिका सोनी, नेपालगन्ज नर्सिङ क्याम्पस, बाँके
अच्युत अधिकारी, जलबिरे भ्याली क्याम्पस, सिन्धुपाल्चोक
विनिता चौधरी, रघुनाथ बहुमुखी क्याम्पस, कैलाली
निसान मगर, आँबुखैरेनी क्याम्पस, तनहुँ
मनोज साउद, जनता बहुमुखी क्याम्पस, कञ्चनपुर
सुदर्शन अर्याल, जुगल बहुमुखी क्याम्पस, सिन्धुपाल्चोक
दीपक केसी, राडीज्युला शिक्षा क्याम्पस, पश्चिम रुकुम
अरुण थारू, शारदा बहुमुखी क्याम्पस, बर्दिया
हिक्मत सिंह, तिला कर्णाली बहुमुखी क्याम्पस, कालिकोट
जगदीश कोटारी, लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला

नेविसंघ
श्यामराज ओझा, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस
पुस्करविक्रम शाही, थापाथली बहुमुखी क्याम्पस
अभिषेक यादव, छापिया जनता कलेज, रूपन्देही
सतिश रेग्मी, गुप्तेश्वर बहुमुखी क्याम्पस, पर्वत
सुनील साह, जनकपुर इन्जिनियरिङ क्याम्पस
विशाल थापा, मातृभूमि बहुमुखी क्याम्पस, लमजुङ
सरोज थापा, त्रिपुरा क्याम्पस, दोलखा
कमल कुँवर, त्रिपुरासुन्दरी क्याम्पस, अछाम
सुनील शाही, चामुन्डा बहुमुखी क्याम्पस, दैलेख
राज तामाङ, रारा बहुमुखी क्याम्पस, मुगु
निर्मम बम, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस, डोटी
नवीन श्रेष्ठ, इआरसी इन्जिनियरिङ, सुनसरी
ताराप्रसाद दाहाल, तेह्रथुम बहुमुखी क्याम्पस
अर्जुन खिमदिङ, पाथीभरा बहुमुखी क्याम्पस, ताप्लेजुङ
विष्णु अधिकारी, सहिद कृष्ण क्याम्पस, तनहुँ
सुरेश धमला, सहिद आदर्श क्याम्पस, ओखलढुंगा

अनेरास्ववियु
विराज अर्याल, पुल्चोक इन्जिनियरिङ क्याम्पस
रञ्जित भण्डारी, पिपुल क्याम्पस, काठमाडौं
ज्योति खड्का, जिरी क्याम्पस, दोलखा
सञ्जोग थापा, सिद्धार्थ क्याम्पस, स्याङ्जा
शम्भुराज गिरी, श्रीकोट बहुमुखी क्याम्पस, बैतडी
यामकुमार खड्का, साकेला क्याम्पस खोटाङ
पवन लामिछाने, मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोक
लक्ष्मी न्यौपाने, जनसेवा क्याम्पस, बर्दिया
श्याम विक, खप्तड बहुमुखी क्याम्पस, डोटी
हेमन्ती जोशी, कृष्ण स्नातक क्याम्पस, दार्चुला
रेखा घटाल, नवप्रभात क्याम्पस, बैतडी
महेश जेठारा, थलारा बहुमुखी क्याम्पस, बझाङ
भीममाया रोका मगर, मंगला शिक्षा क्याम्पस, म्याग्दी
सुवास झा, हजारी जनक क्याम्पस, धनुषा
घनश्याम रेग्मी, सिम्ता बहुमुखी क्याम्पस, सुर्खेत
दिलेन्द्र बडू, रौलेश्वर जनता आदर्श क्याम्पस, कञ्चनपुर
विनय यादव, ज्ञानोदय बहुमुखी क्याम्पस, बाँके
अनुपम ढकाल, अमरदीप क्याम्पस, सुर्खेत
सिर्जना रसाइली, शिखर क्याम्पस रामघाट, सुर्खेत
मालती रेग्मी, रमाइलो क्याम्पस, मोरङ
राकेश चौधरी, माडी बहुमुखी क्याम्पस, चितवन
विक्रम तिवारी, गौरादह कृषि क्याम्पस, झापा
बाबुराम गिरी, बुद्धभूमि क्याम्पस, कपिलवस्तु
वीरेन्द्र जिसी, कृषि क्याम्पस, लमजुङ
केबल तामाङ, नारद आदर्श क्याम्पस, उदयपुर
शक्ति पौडेल, भेरी क्याम्पस, सुर्खेत
प्रदीप सापकोटा, हरैया बहुमुखी क्याम्पस, रुपन्देही
पुष्कर अवस्थी, खप्तड क्याम्पस, कैलाली

अनेरास्ववियू (एकीकृत समाजवादी)
दिवस सिलवाल, वंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर
कुमार घिसिङ, मनहरी बहुमुखी क्याम्पस, मकवानपुर
अमिसा तिलिजा, तेजनिराला क्याम्पस, मुस्ताङ

अनेरास्ववियु क्रान्तिकारी (विप्लव)
मुना गोले, हटिया–जनप्रिय बहुमुखी
क्याम्पस, मकवानपुर

 


Thali Mobile Pvt.Ltd.