भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

विविधताका बीच सुदृढ एकता भएको देश – प्रधानमन्त्री ओली

विविधताका बीच सुदृढ एकता भएको देश – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विविधतालाई देश निर्माणमा सदुपयोग गर्न सुझाएका छन् । मैथिली र थारु महिलाहरुले मनाउने जितिया पर्वका अवसरमा शुभकामना दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विविधतालाई देश निर्माणमा सदुपयोग गर्न सुझाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीचमा सुदृढ एकता भएको देश भएको भन्दै यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमूल्य पूँजी भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

कोभिड–१९ को विश्वब्यापी महामारीका कारण यसवर्ष हामीले आफ्ना पर्वहरु मनाउँदा घरमै बसेर सावधानी पूर्वक मनाउनु पर्ने अवस्था उत्पन्न भएको बताउदै प्रधानमन्त्री ओलीले आफू सुरक्षित रहंदै जितिया पर्व मनाउन सबैमा हार्दिक आह्वान समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.