भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

विश्वकपः रंगशाला वरपर मदिरा बिक्रीमा रोक

विश्वकपः रंगशाला वरपर मदिरा बिक्रीमा रोक

दोहा । फिफा विश्वकप फुटबल आयोजक कतारले विश्वकप अवधिभर रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको छ । फिफाले शुक्रबार रंगशाला वरपर मदिरा बिक्रीमा प्रतिबन्ध लगाएको हो ।

फिफा मिडिया विभागक अनुसार फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने घोषणा गरेको जनाएको छ ।

फिफा मिडिया विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोजक देशका अधिकारी र फिफा बीचको छलफलपछि, फिफा फ्यान फेस्टिवल, अन्य फ्यान गन्तव्य र इजाजतपत्र प्राप्त स्थानमा मादक पेय पदार्थको बिक्रीलाई केन्द्रित गर्ने निर्णय गरिएको छ।’

आयोजक देशका अधिकारी र फिफाले स्टेडियम, वरपरका क्षेत्रमा सबै दर्शकई रमाइलो, सम्मानजनक र रमाइलो अनुभव प्रदान गर्ने सुनिश्चित गर्न जारी राख्नेछ’, विज्ञप्तिमा भनिएको छ।

 


Thali Mobile Pvt.Ltd.