भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

मतगणनास्थलमा तारजाली र सीसी क्यामरा

मतगणनास्थलमा तारजाली र सीसी क्यामरा

लमजुङ । लमजुङमा निर्वाचन प्रचारको समय सकिएसँगै सुरक्षा चुनौतीलाई हेरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतपेटिका राख्ने र मतगणना स्थान तयार पारेको छ । जिल्ला समन्वय समितिको सभाहलभित्र तयार पारिएको मतगणनास्थलमा तारजाली र पेटिका राख्ने ठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको छ ।

मतगणनास्थलमा दलका उम्मेदवाररप्रतिनिधिलाई बस्ने व्यवस्था तारजालीभन्दा बाहिर बनाइएको छ। मतपेटिका राख्ने ठाउँका लागि चारवटा कोठा व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले मतगणना हुने बेला सुरक्षा चुनौती थपिने भन्दै सुरक्षाका सबैखाले मापदण्ड अपाइनएको बताए। ‘मतगणना निकै संवेदनशील हुन्छ । मतपेटिकालाई सुरक्षित राख्नुपर्छ, कुनै पनि घटना हुन नदिनु हाम्रो कर्तव्य हो,’ उनले भने।

मतदानस्थलमा हुने असुरक्षा र हुन सक्ने धाँधलीलगायतका गतिविधि नियन्त्रण गर्न तथा नियाल्न सीसी क्यामरा जडान गरिएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बेंसीसहर नगरपालिकाको सहयोगमा ४ लाख ५० हजार रुपैयाँका सीसी क्यामरा जडान गरिएको हो। स्थानीय तह निर्वाचनमा पनि जडान गरिएको थियो।

 


Thali Mobile Pvt.Ltd.