विश्वकिर्तिमानी सगरमाथा आरोही पत्रकार महर्जनले तीजको उपलक्ष्यमा गराइन् क्लाइम्बिङ्ग

विश्वकिर्तिमानी सगरमाथा आरोही पत्रकार महर्जनले तीजको उपलक्ष्यमा गराइन् क्लाइम्बिङ्ग

काठमाडौं । विश्वकिर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले तीजको उपलक्ष्यमा उपत्यका भित्रका महिलाहरुलाई क्लाइम्बिङ्ग गराएकी छन् । धुम्वाराहीस्थित पासाङ ल्वामु स्पोटर्स क्लाइम्बिङमा कल्पनाले विभिन्न विधाका व्यक्तित्वहरुलाई सहभागि गरएकी हुन् ।

संस्कृति र साहससँगसँगै भन्ने नाराका साथ एकहप्ते तिज अन दी वाल कार्यक्रमको क्रममा महिलालाई क्लाइम्बिङ गराइएको बुझिएको छ । महिलाहरुले स्पोर्टस् क्लाइम्बिङमा क्लाइम्बिङ्ग गरेका थिए । साथै तिजको गितमा नाचेर रमाइलो पनि गरेका थिए ।

तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ तीज अन दी वाल सुरु गरिएको कल्पनाको भनाइ छ । फरक फरक दिन फरक फरक क्षेत्रका मानिसलाई क्लाइम्बिङ अभ्यास गराउने कार्यक्रम रहेको बताइन् ।

माउण्टेन एडभेन्रचर सपोर्ट एकेडेमीको आयोजनामा भएको कार्यक्रमको एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो । कार्यक्रमा, सफल महिला समूहका दिदि बहिनीहरु, भास्सरा मा.विका विद्यार्थीहरु, ललितपुर महानगरपालिका वडा नं. २३ का बाल क्लवहरुका भाईबहिनीहरुले क्लाईम्बिङ्गको अनुभव गरेका छन् ।

यसरी नेपालमा भइरहेको आरोहण खेलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको हो । आरोही कल्पना महर्जनले विगत केहि वर्ष देखि नेपाली महिलाहरुको महान पर्व तिजको उपलक्ष्यमा नयाँ पुस्तालाई संस्कृतिको महत्व बुझाउँदै, सिकाउँदै साहसिक बन्न प्रेरणा दिदै आइरहेको सन्देश दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.