भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर |

सुर्ती नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप

सुर्ती नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप

काठमाडौं । सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप कार्य जारी रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा सुर्ती उद्योगहरुले नीतिगत तहमा नै प्रभाव पारेका कारण सुर्तीको कर वृद्धि हुन नसकेको उल्लेख गरिएको छ ।

विश्वका ८० वटा मुलुकमा गरेको सुर्ती नियन्त्रणमा उद्योगको हस्तक्षेप सम्बन्धी अध्ययन प्रतिवेदन मंगलवार सार्वजनिक गर्दै विज्ञहरुले जनताको स्वास्थ्य मात्रै विगार्ने नभइ सुर्तीले समग्र सामाजिक, आर्थिक अवस्था पनि बिगार्ने बताए ।

सुर्ती नियन्त्रणमा नेपालको स्थिति खराब हुँदै गएको विश्व स्वास्थ्य संगठनका डा. लोनिम प्रसाइँले बताइन । धुम्रपान गर्ने व्यक्तिका कारण धुम्रपान नगर्ने व्यक्तिहरुलाई पनि उत्तिकै असर गर्ने गरेका कारण सार्वजनिक स्थलहरुमा

धुम्रपान निषेध गर्न तीनवटै तहका सरकार लागिपर्नु पर्ने धारणा राखिन् । यस्तै सुर्ती स्वास्थ्यसँग मात्र सम्वन्धित नभइ, बहुआयामिक भएकाले यसले समग्र अर्थतन्त्रमा असर पार्ने वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा.शरदराज वन्तले स्पष्ट पारे ।

 


Thali Mobile Pvt.Ltd.