भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

व्यवस्थित हुँदै सुन्दर मकवानपुरगढी

व्यवस्थित हुँदै सुन्दर मकवानपुरगढी

मकवानपुर । लामो समयदेखि जीर्णोद्धार कार्य भइरहेको मकवानपुरगढी व्यवस्थित र सुन्दर बन्दै छ । ऐतिहासिक महत्त्व बोकेको मकवानपुरगढी दरबार सामान्य मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले जीर्णोद्धार सुरु गरेको हो ।

पुरातत्त्वले मकवानपुरगढी दरबार परिसरमा रहेको श्री कृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेष मर्मत गरेको हो । मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित उक्त गढी किल्लाभित्र रहेका दरबार, मन्दिर र पर्खालहरु भत्किएर जीर्ण बनेका थिए ।

पुरातत्त्वले मकवानपुरगढीको भत्किएका भागहरुलाई मर्मत गरी पुरानै आकृतिमा संरचनाहरु निर्माण गरेको छ । मन्दिरको पश्चिमतर्फ रहेको दरबार भत्किएर ढुंगाको थुप्रो झैँ बनेको थियो ।

तर, पुरातत्त्वले जीर्णोद्धार गरेसँगै सो दरबार पुरानै अवस्थामा देखिन थालेको छ । सो दरबारको काठका खाबो परिवर्तन गरिएको छ भने भत्किएका भित्ता मर्मत गरिएका छन् । आँखी झ्यालसहित भुइँ तलालाई चिटिक्क बनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.