भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

इजरायली हवाइ आक्रमणः ६ हजार ५०० प्यालेस्टाइनीले ज्यान गुमाए

इजरायली हवाइ आक्रमणः ६ हजार ५०० प्यालेस्टाइनीले ज्यान गुमाए

काठमाडौं । इजरायली हमलाबाट गाजापट्टीमा मृत्यु हुने संख्या ६ हजार ५४६ पुगेको छ। बुधबार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सो पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएका छन्। हमासले अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमला गरेको थियो । यस हमलामा कम्तीमा पनि एक हजार ४०० जनाको मृत्यु भएको थियो। यसको बदलामा इजरायलले गाजा स्ट्रिपमा लगातार बमबारी गरिरहेको छ ।

गाजा क्षेत्र अहिले हमास समूहको सत्ता छ।हमास प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। यसले इजरायलको विनाशको शपथ लिएको छ । सन् २००७ मा गाजाको सत्ता हातमा लिएदेखि नै यस समुहले धेरै पटक इजरायलसँग लडाइँ लडिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.