भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

इजरायली हवाइ आक्रमणः ६ हजार ५०० प्यालेस्टाइनीले ज्यान गुमाए

इजरायली हवाइ आक्रमणः ६ हजार ५०० प्यालेस्टाइनीले ज्यान गुमाए

काठमाडौं । इजरायली हमलाबाट गाजापट्टीमा मृत्यु हुने संख्या ६ हजार ५४६ पुगेको छ। बुधबार हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले सो पुष्टि गरेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएका छन्। हमासले अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमला गरेको थियो । यस हमलामा कम्तीमा पनि एक हजार ४०० जनाको मृत्यु भएको थियो। यसको बदलामा इजरायलले गाजा स्ट्रिपमा लगातार बमबारी गरिरहेको छ ।

गाजा क्षेत्र अहिले हमास समूहको सत्ता छ।हमास प्यालेस्टिनी इस्लामवादी लडाकु समूह हो। यसले इजरायलको विनाशको शपथ लिएको छ । सन् २००७ मा गाजाको सत्ता हातमा लिएदेखि नै यस समुहले धेरै पटक इजरायलसँग लडाइँ लडिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.