भर्खरै : Sorry, your browser does not support inline SVG.
झापाको गौरीगञ्ज गाउँपालिका–१ का वडा सचिव पक्राउ | नारायणी अस्पतालका सबै चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प | सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय |

व्याजमा सहुलियत दिने तर अनुदान कसैलाई नदिने कर्णाली सरकारको ठोकुवा

व्याजमा सहुलियत दिने तर अनुदान कसैलाई नदिने कर्णाली सरकारको ठोकुवा

सुर्खेत । चालु आर्थिक वर्षबाट कसैलाई पनि अनुदान नदिने कर्णाली प्रदेश सरकारले जनाएको छ । अनुदान लिने तर दान पाएको भन्दै कुनै काम नगर्ने परिपाटी बसेकाले प्रदेश सरकारले सबै अनुदानका कार्यक्रम कटौती गरेको हो ।

बरु विना धितो सहुलियत ऋण दिने कानुन बनाएर मात्रै ऋण दिने र त्यसले काम गर्ने किसानलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा सरकारको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्याक्रम शुभारम्भ समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विगतमा अनुदान लिने तर दान पाएको भन्दै कुनै काम नगर्ने परिपाटी बसेको बताए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बढीमा एक करोड ऋण लिएका एक सय जनालाई यो वर्ष व्याज अनुदान दिइने बताइन् तर त्यसका लागि सबै प्रक्रिया बैकले नै पुर्याउनु पर्ने जनाइन् ।

 


Thali Mobile Pvt.Ltd.