भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

व्याजमा सहुलियत दिने तर अनुदान कसैलाई नदिने कर्णाली सरकारको ठोकुवा

व्याजमा सहुलियत दिने तर अनुदान कसैलाई नदिने कर्णाली सरकारको ठोकुवा

सुर्खेत । चालु आर्थिक वर्षबाट कसैलाई पनि अनुदान नदिने कर्णाली प्रदेश सरकारले जनाएको छ । अनुदान लिने तर दान पाएको भन्दै कुनै काम नगर्ने परिपाटी बसेकाले प्रदेश सरकारले सबै अनुदानका कार्यक्रम कटौती गरेको हो ।

बरु विना धितो सहुलियत ऋण दिने कानुन बनाएर मात्रै ऋण दिने र त्यसले काम गर्ने किसानलाई महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा सरकारको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको कृषि ऋणमा व्याज अनुदान सहुलियत कार्याक्रम शुभारम्भ समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विगतमा अनुदान लिने तर दान पाएको भन्दै कुनै काम नगर्ने परिपाटी बसेको बताए ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले बढीमा एक करोड ऋण लिएका एक सय जनालाई यो वर्ष व्याज अनुदान दिइने बताइन् तर त्यसका लागि सबै प्रक्रिया बैकले नै पुर्याउनु पर्ने जनाइन् ।

 


Thali Mobile Pvt.Ltd.