भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

सगरमाथाको साउथ कोलमा अझै छ ५० टन फोहोर

सगरमाथाको साउथ कोलमा अझै छ ५० टन फोहोर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आसपास फोहोरको थुप्रो लागेको र यसलाई सफा गर्न वर्षौँ लाग्न सक्ने सफाइ अभियानमा खटिएका एक शेर्पाले बताएका छन् ।

यो वर्षको आरोहण समयमा नेपाल सरकारले खटाएको सेना र शेर्पाको टोलीले ११ टन फोहोर, चार शव र कंकाल हटाएको थियो ।

सफाइमा शेर्पाहरूको नेतृत्व गरिरहेका आङबाबु शेर्पाले ४०।५० टन फोहोर अझै पनि साउथ कोलमा भएको जनाएका छन् । साउथ कोल अन्तिम शिविर हो, जहाँबाट आरोही शिखरतर्फ लाग्छन् ।

त्यहाँ रहेका फोहोरमा धेरैजसो पुरानो टेन्ट, केही प्याक गरिएका खाद्यान्न, ग्यासको कारतुस, अक्सिजनका बोतल, टेन्ट प्याक्स, डोरीलगायत सामान फ्रोजन अवस्थामा आठ हजार मिटरमाथि भएको उनले जनाएका छन् ।

सन् १९५३ मा उक्त शिखर पहिलोपटक आरोहण गरिएको थियो । त्यसयता हजारौँ मानिसले सगरमाथाको आरोहण गरिसकेका छन् । उनीहरूले त्यसक्रममा थुप्रै फोहोर पनि छोडेर गएका छन् ।

पछिल्ला वर्षमा सरकारले आरोहीले फोहोर फिर्ता ल्याउनुपर्ने नत्र डिपोजिट गुमाउनुपर्ने व्यवस्था गरेको छ । त्यसपछि फोहोर फाल्न कम भएको छ । तर, दशकौँअघिको फोहोर यथावत् छ ।

आङबाबु भन्छन्, “धेरैजसो फोहोर पुरानो आरोहणको छ ।”

साउथ कोल क्षेत्रमा काम गर्न मौसमले निकै चुनौती सिर्जना गर्ने उनले बताए । फोहोर आइसमा मिलेको हुने र त्यो फुटाउन निकै गाह्रो हुने उनको भनाइ छ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.