भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

कांग्रेसले टुंग्यायो मधेश सरकारमा जाने ४ मन्त्रीको नाम

कांग्रेसले टुंग्यायो मधेश सरकारमा जाने ४ मन्त्रीको नाम

काठमाडौं । नेपाली कांग्रेसले मधेश सरकारमा जाने ४ जनाको नाम टुंगो लगाएको छ । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो ।

कांग्रेस स्रोतका अनुसार रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने टुंगो लगाएको छ ।

एमालेले पनि कांग्रेस र आफूहरुको सरकारमा समान हैसियत हुन नसक्ने बताएको छ । कांग्रेसलाई चार मन्त्रालय दिए एमालेले थप एक मन्त्रालय पाउनुपर्ने उसको माग छ ।

 


Thali Mobile Pvt.Ltd.