भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सगरमाथा आधार क्षेत्रमा एक कोरियाली पर्यटकको मृत्यु

सगरमाथा आधार क्षेत्रमा एक कोरियाली पर्यटकको मृत्यु

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्युट पचाउन नसकी बिरामी भएका पर्यटक ली म्युङकपको बुधवार मृत्यु भएको हो ।

बिरामी भएपछि लुक्लामा उपचारका लागि ल्याइए पनि उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । फ्रेन्डसिप लजमा बास बस्ने क्रममा बिरामी परेका ४६ वर्षीय ली गाइड विना नै पदयात्रामा निस्कीएका थिए ।

पर्यटक गाइड विना पदयात्रामा जान नपाउने र टिम्सको अनुमती समेत नपाउने कानुनी व्यवस्था छ ।

तर यसको कार्यान्वयन नहुँदा पर्यटकहरूको मृत्यु हुने गरेकाले नेपालको पर्यटन क्षेत्रमा गलत सन्देश पुग्ने गरेको नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले बताए ।

कानुनी व्यवस्थालाई कडाइका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने शेर्पाको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.