भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

सगरमाथा आधार क्षेत्रमा एक कोरियाली पर्यटकको मृत्यु

सगरमाथा आधार क्षेत्रमा एक कोरियाली पर्यटकको मृत्यु

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रको पदयात्रामा हिँडेका एक कोरियाली पर्यटकको मृत्यु भएको छ । ४०४० मिटर उचाइको साम्रे गाउँमा हाइअल्टिच्युट पचाउन नसकी बिरामी भएका पर्यटक ली म्युङकपको बुधवार मृत्यु भएको हो ।

बिरामी भएपछि लुक्लामा उपचारका लागि ल्याइए पनि उनको बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ । फ्रेन्डसिप लजमा बास बस्ने क्रममा बिरामी परेका ४६ वर्षीय ली गाइड विना नै पदयात्रामा निस्कीएका थिए ।

पर्यटक गाइड विना पदयात्रामा जान नपाउने र टिम्सको अनुमती समेत नपाउने कानुनी व्यवस्था छ ।

तर यसको कार्यान्वयन नहुँदा पर्यटकहरूको मृत्यु हुने गरेकाले नेपालको पर्यटन क्षेत्रमा गलत सन्देश पुग्ने गरेको नेपाल पर्यटन बोर्डका सदस्य ङावा ङिमा शेर्पाले बताए ।

कानुनी व्यवस्थालाई कडाइका साथ तत्काल कार्यान्वयन गर्नुपर्ने शेर्पाको सुझाव छ ।

 


Thali Mobile Pvt.Ltd.