भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सडकतर्फ विनियोजन गरिएको ७३ करोड ६९ लाख रुपैयाँ बजेट फिर्ता

सडकतर्फ विनियोजन गरिएको ७३ करोड ६९ लाख रुपैयाँ बजेट फिर्ता

जोमसोम । राष्ट्रिय गौरवको सडक आयोजना बेनी–जोमसोम–कोरला सडकको ७३ करोड ६९ लाख रुपैयाँ बजेट फिर्ता भएको छ । चालू आर्थिक वर्ष सडकतर्फ विनियोजन गरिएको १ अर्ब ३३ करोड बजेटमा ७३ करोड ६९ लाख रुपैयाँ बजेट फिर्ता गरेर अर्थ मन्त्रालयले रकमान्तर गरेको छ ।

बजेट आधाभन्दा बढी घटेसँगै आयोजनाको सडकतर्फ चालू वर्षको बजेट ५९ करोड ३१ लाख रुपैयाँमा सीमित गरिएको हो । जसमध्ये १० करोड रुपैयाँ बजेट अर्थ मन्त्रालयले रोक्का गरिराखेको छ ।

सुरुवाती चरणमा सडक स्तरोन्नति सुरु गरिएको बेनी—जोमसोम सडक ४ खण्ड र जोमसोम—कोरला ७ खण्डमा सडक स्तरोन्नति सुरु गरिएको थियो । बेनी—जोमसोम ७६ किमि सडकको तेस्रो खण्ड कैकु—खन्ती २५ किमि डीबीएसडी कालोपत्रे सडक सम्पन्न भइसकेको छ भने अन्य तीन खण्ड निर्माणाधीन अवस्थामा छन् ।

थपिएको मालढुंगा—बेनी १३ किमि कालोपत्रे सडक, बेनी—गलेश्वर ३ किमि कालोपत्रे सडक र जोमसोम—कागबेनी १३ किमि कालोपत्रे निर्माणाधीन अवस्थामा छन् ।

 


Thali Mobile Pvt.Ltd.