भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सधैको सास्ती सिद्धबाबा सडक खण्ड

सधैको सास्ती सिद्धबाबा सडक खण्ड

बुटवल । बुटवल–पाल्पा सडकको सिद्धबाबामा सडकमाथिबाट ढुङ्गा खस्दा ३ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा सडकखण्डमा सडकमाथिबाट ढुङ्गा खसेर जिपमा लाग्दा ३ जना घाइते भएका हुन ।

बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको जिपमा माथिबाट ढुङ्गा खस्दा तीन जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा लु २ च २८४९ नम्बरको जिप चालकसहित ३ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सडक सुचारु नै रहेको ट्राफिक प्रहरीले जनाएको छ । तिनाउ–३ सिद्धबाबा नजिकै हेडबक्सनिर गुडिरहेको जिपमाथि ढुङ्गा खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको हो ।

 


Thali Mobile Pvt.Ltd.