भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

दुई साताका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) अध्यक्ष माधव नेपाल विदेश उडे

दुई साताका लागि पूर्वप्रधानमन्त्री तथा नेकपा (एस) अध्यक्ष माधव नेपाल विदेश उडे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल विदेश भ्रमणमा निस्कीएका छन् । प्रवासी नेपाली एकता मञ्चको कार्यक्रममा सहभागी हुन नेपाल करिब दुई साताका लागि विदेश यात्रामा निस्किएका हुन ।

आइतबार मात्र सर्वोच्च अदालतले ललितानिवास जग्गा अनियमितता प्रकरणमा नेपाललाई अनुसन्धानको दायरामा ल्याउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशको दोस्रो दिनमै नेपाल दुई साताका लागि विदेश यात्रामा निस्केका छन् ।

भदौ १ गतेसम्म स्विजरल्याण्ड, स्पेन, क्रोसिया र बेलायतमा हुने कार्यक्रमा सहभागी हुने अध्यक्ष नेपालको भ्रमण तालिका छ । अध्यक्ष नेपालले आफ्नो अनुपस्थितिमा पार्टी कामको संयोजन गर्न उपाध्यक्ष वेदुराम भुसाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.