भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सन्दीप लामिछाने आज चीन जाने

सन्दीप लामिछाने आज चीन जाने

काठमाडौं । १९औँ एसियन गेम्सका लागि क्रिकेटर सन्दीप लामिछाने आज चीन जाने भएका छन् । अदालतमा मुद्दा विचाराधीन रहेका कारण सन्दीप टोलीसँग चीन जान पाएका थिएनन् ।

अदालतमा विचाराधीन मुद्दाको पेसी स्थगित भएपछि सन्दीप आज मध्याह्न १२ बजे चीन जान लागेको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आइतबार माल्दिभ्ससँग समूह चरणका खेल खेल्ने छ । सन्दीपसँगै आज सागर ढकाल पनि चीन जाँदैछन् ।

ललित राजवंशी घाइते भएपछि टिममा परेका सागर भिषा समस्याका कारण टिमसँग जान पाएका थिएनन् ।

 


Thali Mobile Pvt.Ltd.