भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन भन्सार परिसरमा बेवारिसे

करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन भन्सार परिसरमा बेवारिसे

पर्सा । वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार परिसरभित्र करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन बेवारिसे अवस्थामा थन्किएको छ । चीन सरकारको अनुदानमा प्राप्त उक्त कन्टेनर स्क्यानर मेसिन बेवारिसे अवस्थामा थन्किएको हो ।

भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत् नेपालमा भित्रिने ठुला कन्टेनरभित्र रहेका मालवस्तुको स्क्यान गरी परीक्षण गर्ने उद्देश्यले नेपाल सरकारले मेसिन प्राप्त गरेको हो । तर, सो स्क्यानर मेसिन केही वर्षदेखि सुख्खा बन्दरगाह भन्सार कार्यालयमा बेवारिसे अवस्थामा रहेको छ ।

सुख्खा बन्दरगाह कार्यालयले चीनबाटै प्राविधिक झिकाई ६ जना कर्मचारीलाई मेसिन सञ्चालन गर्न तालिमसमेत दिएको थियो । तर, तालिम पाएका कर्मचारीहरु पनि अन्यत्र सरुवा भएर गएपछि अहिले मेसिन बिग्रिएर काम नगर्ने अवस्थामा पुगेको भन्सार कर्मचारीले बताए ।

अध्ययन नै नगरी अनुदानमा प्राप्त गरेको भरमै नेपाल भित्र्याइएको मेसिन अहिले कर्मचारीहरुका लागि समेत घाडो बनेको छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सुशीलप्रसाद शर्माले स्क्यानर मेसिन करिव १५ वर्षअघि चिनियाँ सरकारको अनुदानमा प्राप्त भएको बताए ।

तत्कालीन अवस्थामा उच्च लोडसेडिङ र दक्ष प्राविधिक जनशक्तिको अभावमा मेसिन सुचारु गर्न नसकिएको उनको भनाइ छ । सुख्खा बन्दरगाह भन्सार कार्यालयमा भारतसहित तेस्रो मुलुकबाट दैनिक सयौको संख्यामा कन्टेनर भित्रिन्छन् ।

यस्ता कन्टेनरभित्र रहेका मालवस्तुको भौतिक परीक्षण सरल बनाउन सरकारले स्क्यानर मेसिन ल्याएको थियो । गत महिना अर्थमन्त्री रामशरण महतले वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयको अनुगमनकोक्रममा भन्सार कर्मचारीले नियोजित ढंगले कन्टेनर स्क्यानर मेसिन बिगारेर राखेको भन्दै सार्वजनिक टिप्पणी गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.