भर्खरै : Sorry, your browser does not support inline SVG.
अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग | मेची राजमार्ग पूर्ण अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको आवागमन ठप्प | ड्रागन फ्रुटले बदलेको इङनामको परिचय | कास्कीमा बाढीको ठूलो क्षति : पुल र होटल बग्यो, नयाँपुल-घान्द्रुक सडक तथा पदमार्ग अवरुद्ध | ३४ जिल्लामा बाढीको जोखिम, काठमाडौं उपत्यकासहित नदी किनारका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह |

सप्तरीमा एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद

सप्तरीमा एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद

सप्तरी । सप्तरीबाट एउटै गोदामबाट २४ सय किलोभन्दा बढी गाँजा बरामद भएको छ । राजविराज नगरपालिका वडा नम्बर-९ मलेठ स्थित एक गोदामबाट २ हजार चारसय १९ किलो गाँजा सोमबार बरामद भएको हो ।

रुपनीबाट राजविराज आउँदै गरेको बेला सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सडक छेउमा रहेको गोदाममा दुईवटा ट्रकमा सामान अनलोड भइरहेको देखेपछि शंका लागेर सोधखोज गर्दा गोदामबाट गाँजा बरामद भएको हो । स्याउ गोदाममा सामान लोड भइरहेको देख्दा शंका लागेपछि उनी अनुगमनमा गएका थिए ।

ताला फटाएर गोदामभित्र प्रवेश गर्दा ८० बटा बोरामा प्याक गरिएको २ हजार ४ सय १९ किलो गाँजा बरामद भएको प्रजिअ दाहालले जानकारी दिए । गोदाममा रहेको लाखौँ रुपैयाँबराबरको तयारी कपडा,सुर्ती,प्लम्बिङको सामानसमेत बरामद भएको छ । यस्तै ट्रकबाट १ सय ४२ कार्टुन स्याउसमेत नियन्त्रणमा लिएको छ ।

सप्तरी प्रहरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार गोदामबाट एउटा भारतीय नम्बर प्लेटको स्कारपियो र एउटा कार समेत नियन्त्रणमा लिइएको छ । बरामद स्कारपियोमा तत्काल भारतीय नम्बर प्लेट लगाइएको भए पनि भित्र दुईवटा नेपाली नम्बरको प्लेट भेटिएको स्कारपियोको भित्री भागमा सिट छैन । यस्तै प्रहरीले गोदाम परिसरमा स्याउ लोड अनलोड गर्दे गरेको दुवै ट्रक पनि नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोदाम कुरेर बसेका बिहार मधुवनीका रामनारायण यादव, को १ ख ५२१५ नम्बरको ट्रकका चालक सप्तरी खडग नगरपालिका १० का देवनारायण पासमान,लोड अनलोडमा संलग्न बिहारको सुपौल जिल्ला निर्मलीका राजाकुमार साह र असलम खानलाई पनि नियन्त्रणमा लिइएको छ ।बरामद सामानको यकिन विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । गाँजा बरामद भएको गोदाम कसको हो भन्ने पनि नखुलेको प्रहरीको भनाइ छ ।कान्तिपुर…

 


Thali Mobile Pvt.Ltd.