भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

समानुपातिको सिट बाँडफाँट गर्दै निर्वाचन आयोग

समानुपातिको सिट बाँडफाँट गर्दै निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको सिट बाँडफाँट गर्दै छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएकाले सिट बाँडफाँट गर्ने तयारी गरिरहेको आयोगले जनाएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । जसमा नेकपा एमालेले सबै भन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरे गरेको छ ।

नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत प्राप्त गरेको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेका छन् । आयोगले सदर मत अनुसार थ्रेसहोल्ड कटाएका कुन दलले कति सिट प्राप्त गर्छन् भन्ने बारेमा घोषणा गर्दैछ । समानुपातिकतर्फ एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट पाउने भएको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेमकिपाले भने थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फको सिट नपाउने आयोगले बताएको छ । आयोगले सिट घोषणा गरेपछि दलहरुले बन्द सूचीमा समावेश भएका नामबाट समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार सांसद तोक्ने छन् ।

दलहरुले तोकेका नामहरु समावेशी सिद्धान्त अनुसार भए नभएको रुजु गरेपछि आयोगले निर्वाचनको प्रतिवेदन तयार पारेर राष्ट्रपति समक्ष बुझाउने भनेको छ ।

 


Thali Mobile Pvt.Ltd.