‘थ्रेसहोल्ड’ लगाएर असफल बनाएका दलहरु, समानुपातिकमा कसकाे कति मत ?

‘थ्रेसहोल्ड’ लगाएर असफल बनाएका दलहरु, समानुपातिकमा कसकाे कति मत ?

काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मत गणना सकिएको छ। समानुपातिक मत मंगलबार साँझ गनेर सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले कैलाश खबरलाई बताए । कूल सदर मतको संख्या १ करोड ५ लाख ६० हजार ८२ रहेको आयोगले जनाएको छ । प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीमा कूल ४७ दल सहभागी भएकोमा ७ पार्टीले मात्र थ्रेसहोल्ड कटाएका छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका हुन । समानुपातिक सांसद चुन्न पाएसँगै ती पार्टीले राष्ट्रिय दलको मान्यता पनि पाएका छन् । राष्ट्रिय दल बन्न प्रतिनिधिसभा प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेर समानुपातिकको थ्रेसहोल्ड कटाउनुपर्छ ।

तर, समानुपातिकमा सहभागी ४७ दलमध्ये ४० दलले थ्रेसहोल्ड पार गर्न सकेनन् । प्रत्यक्षतर्फ १० सिट जितेर पनि सत्तारुढ नेकपा एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन नसकेपछि राष्ट्रिय दल बन्न बाट वञ्चित भएको छ । उसले दुई लाख ९८ हजार ३ सय ९१ समानुपातिक मत पाएको छ । राष्ट्रिय दल बनेका सात दलमध्ये सबैभन्दा धेरै समानुपातिक मत एमालेले ल्याएको छ।

आयोगको तथ्यांकअनुसार उसले २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको हो । दोस्रोमा नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ तथा तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ समानुपातिक मत ल्याएको छ । यसैगरी यही चुनावबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ समानुपातिक मत ल्याएको छ ।

यस्तै राष्ट्रिय दलको मान्यता पाउन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४ र जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ समानुपातिक मत प्राप्त गरेको आयोगले जनाएको छ ।

कुन दलले कति मत ?

नेकपा एकीकृत समाजवादी २,९८,३९१
नागरिक उन्मुक्ति पार्टी २,७१,७२२
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल १,६७,३६७

नेपाल मजदुर किसान पार्टी ७५,१६८
हाम्रो नेपाली पार्टी ५५,७४३
मंगोल नेसनल अर्गनाइजेसन ४९,०००

राष्ट्रिय जनमोर्चा ४६,५०४
नेपाल संघीय समाजवादी पार्टी ४१,८३०
नेकपा (मार्क्सवादी लेनिनवादी) ३०,५९९

राष्ट्रिय जनमुक्ति पार्टी २३,९३४
जनता प्रगतिशिल पार्टी, नेपाल १८,०५९
नेपाल आमा पार्टी,नेपाल नौलो जनवादी पार्टी,सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी १७,९०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १७,८०५
बहुजन एकता पार्टी नेपाल १७,०८०
नेपाली कांग्रेस (बीपी) १२,५०२

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १२,३४०
नेपाली जनता दल १०,१३७
बहुजन शक्ति पार्टी ९,४३५

नेपालका लागि नेपाली पार्टी ८,४३६
नेपाल कम्युनिस्ट पार्टी ८,०१३
नेपाल लोकतान्त्रिक पार्टी ७,७०५

नेपाल जनता पार्टी ७,५१८
नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) ७,४०२
मितेरी पार्टी नेपाल ७,०४३

जनजागरण पार्टी नेपाल ६,५५०
आमूल परिवर्तन मसिहा पार्टी नेपाल ६,४२९
तराई मधेश लोकतान्त्रिक पार्टी ५,९७७

जनसमाजवादी पार्टी, नेपाल ५,९२५
सामाजिक एकता पार्टी, नेपाल कम्युनिस्ट पार्टी समाजवादी, नेपाल दलित पार्टी ५,८३९
पिछडावर्ग निषाद दलित जनजाति पार्टी ५,१०५

विवेकशील साझा पार्टी ४,०४९
एकीकृत शक्ति नेपाल ३,७९२
नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी ३,७०२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३,४०६
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ३,३५४
मौलिक जरोकिलो पार्टी ३,२५६

नेपाल समावेशी पार्टी २,९६३
नेपाल कम्युनिस्ट पार्टी परिवर्तन २,२२०
राष्ट्रिय नागरिक पार्टी २,१५०
नेस्ननलिस्ट पिपल्स पार्टी २,०१८

 


Thali Mobile Pvt.Ltd.