भक्तपुर । काभ्रे, ललितपुर र भक्तपुरको सिमानमा अवस्थित भक्तपुरको भिलेज हाइल्याण्ड रिसोर्टले आफ्ना कर्मचारीहरुलाई कोरोना विरुद्धको बूस्टर डोज खोप लगाएको छ । सामाजिक उक्तरदायित्व अन्तरगत उक्त रिसोर्टले आफ्ना कर्मचारीहरुलाई विसम परिस्थितिबाट जोगाउन र होटलमा आउने पाहुनाहरुलाई पनि ढुक्क भएर बस्न सम्पूर्ण कर्मचारीलाई कोरोना विरुद्धको बूस्टर डोज खोप लगाएको होटल व्यवस्थापन समितिले जनाएको छ ।
कोरोना संक्रमण बढ्दै गइरहेको वेला रिसोर्टमा आउने पाहुनाहरुलाई कुनै किसिमको असुक्षा नहोस भन्नका लागि सम्पूर्ण कर्मचारीहरुले खोप केन्द्रमा गएर खोप लगाएको होटल व्यवस्थापन समितिको भनाई छ । कोरोना भाइरस विरुद्ध दिइने खोपबाट शरीरमा विकसित हुने प्रतिरक्षात्मक क्षमता घट्दै गएपछि त्यसलाई पुनः सक्रिय बनाउन दिइने खोपको मात्रालाई बूस्टर मात्रा भनिने गरिएको छ ।
कोभिड–१९ विरुद्धको खोप एक पटक लगाएर जीवनभरि ढुक्क भएर बस्ने प्रकृतिको खोप नभएका कारण दुई मात्रा प्राथमिक खोप लगाएकाले पनि बूस्टर खोप लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
