भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री पत्नी अर्बौ कमाउने खेलमा लागेको सांसद बस्नेतको आरोप

प्रधानमन्त्री पत्नी अर्बौ कमाउने खेलमा लागेको सांसद बस्नेतको आरोप

भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणाले चलाएको आरोप लगाएका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले श्रीमान् पदमा भएको वेला अनुचित लाभ उठाएर अर्बौ कमाउने खेलमा लागेकाले प्रधानमन्त्री पत्नीले सरकार चलाइरहको बताएका हुन ।

नेता बस्नेतले प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशकोलागि र्दुभाग्य हुने बताउँदै आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री हुने दौडमा एमालेका अध्यक्ष ओली एक नम्बरमा रहेको तर्क गरे । वर्तमान प्रधानमन्त्री देउवा दुई नम्बरमा, प्रचण्ड तीन र आरजू राणा चार नम्बरमा रहेको सांसद बस्नेतको भनाई छ ।

निर्वाचनमा गठबन्धनले व्यापक शक्तिको दुरुपयोग गर्ने संम्भावना भएकाले तयारी अवस्थामा रहन् युवाहरुलाई आग्रह गर्दै नेता बस्नेतले भत्काएर देश नबन्नेहुदाँ निर्माण गरेर मात्रै देश बताउदै काम गरेर खाने मानिसको उठिबास लगाउन नहुने तर्क गरे ।कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, जसपालगायतका कार्यकर्ता पार्टी परित्यागगरी एमालेमा प्रवेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.