भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

प्रधानमन्त्री पत्नी अर्बौ कमाउने खेलमा लागेको सांसद बस्नेतको आरोप

प्रधानमन्त्री पत्नी अर्बौ कमाउने खेलमा लागेको सांसद बस्नेतको आरोप

भक्तपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले वर्तमान सरकार प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नी आरजु राणाले चलाएको आरोप लगाएका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले श्रीमान् पदमा भएको वेला अनुचित लाभ उठाएर अर्बौ कमाउने खेलमा लागेकाले प्रधानमन्त्री पत्नीले सरकार चलाइरहको बताएका हुन ।

नेता बस्नेतले प्रचण्ड र आरजु राणा प्रधानमन्त्री हुनु भनेको देशकोलागि र्दुभाग्य हुने बताउँदै आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री हुने दौडमा एमालेका अध्यक्ष ओली एक नम्बरमा रहेको तर्क गरे । वर्तमान प्रधानमन्त्री देउवा दुई नम्बरमा, प्रचण्ड तीन र आरजू राणा चार नम्बरमा रहेको सांसद बस्नेतको भनाई छ ।

निर्वाचनमा गठबन्धनले व्यापक शक्तिको दुरुपयोग गर्ने संम्भावना भएकाले तयारी अवस्थामा रहन् युवाहरुलाई आग्रह गर्दै नेता बस्नेतले भत्काएर देश नबन्नेहुदाँ निर्माण गरेर मात्रै देश बताउदै काम गरेर खाने मानिसको उठिबास लगाउन नहुने तर्क गरे ।कार्यक्रममा नेपाली कांग्रेस, राप्रपा, जसपालगायतका कार्यकर्ता पार्टी परित्यागगरी एमालेमा प्रवेश गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.