भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारको विरोधमा वीरगञ्जमा पनि कांग्रेसको विरोध प्रदर्शन

सरकारको विरोधमा वीरगञ्जमा पनि कांग्रेसको विरोध प्रदर्शन

वीरगञ्ज । सरकारको विरोधमा नेपाली कांग्रेसले सोमवार पर्साको वीरगञ्जमा पनि प्रदर्शन गरेको छ । वीरगञ्जको घण्टाघरबाट निस्किएको जुलुश शहर परिक्रमा गरी विरोधसभामा परिणत भएको थियो । सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान सरकार जनविरोधी र अधिनायकवादी भएको दाबी गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप पनि उनले लगाए ।

कांग्रेसका तराई मधेश विभाग प्रमुख एवम् केन्द्रीय सदस्य अजय चौरसियाले अहिले भ्रष्टाचारी खोज्न सिंहदरबार र बालुवाटार गए हुने भन्दै वर्तमान सरकारले नै भ्रष्टाचारीलाई संरक्षण गरेको आरोप लगाए । वर्तमान सरकार तराई मधेसका मागप्रति पूर्वाग्रही रहेको टिप्पणी समेत उनले गरे ।

 


Thali Mobile Pvt.Ltd.