भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सरकारबाट अनुदान रकम नपाउँदा किसान आर्थिक संकटमा

सरकारबाट अनुदान रकम नपाउँदा किसान आर्थिक संकटमा

सर्लाही । उखु किसानलाई सरकारले समयमा पैसा नपठाउँदा किसान आर्थिक संकटमा परेका छन् । सरकारले आवश्यक रकम अनुदान दिन नसकेको कारण किसान मर्कामा परेका हुन । चाडपर्व भित्रिएको र यही बेला नयाँ उखु रोप्ने समय भएकाले सरकारबाट अनुदान रकम नपाउँदा किसान आर्थिक संकटमा परेको नेपाल उखु उत्पादक महासंघले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवाले सर्लाहीका लागि प्राप्त हुनुपर्ने २९ करोड २५ लाख ५२ हजार ७४९ रुपैयाँ ०३ रुपैयाँमध्ये गत बिहीबार नौ करोड मात्रै प्राप्त भएको उल्लेख गरेको छ ।

सरकारले गएको वर्ष क्रसिङ सिजन २०७९÷०८० मा उखुको मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ निर्धारण गरेकोमा चिनी उद्योगले ५ सय ४० रुपैयाँ भुक्तानी गर्ने र बाँकी ७० रुपैयाँ सरकारले अनुदान बापत उपलब्ध गराउने उल्लेख छ । कोष तथा लेखा नियन्त्रक कार्यालय मलङ्गवाले बाँकी रकम निकासा भए किसानको खातामा पैसा पठाउन सम्भव हुने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.