प्रहरीद्वारा एक महिलासहित ६ जना पक्राउ

प्रहरीद्वारा एक महिलासहित ६ जना पक्राउ

काठमाडौं । रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । बाराको कलैयामा बाल एकता इंग्लीश बोर्डिङ स्कुलका प्रिन्सिपलको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमध्ये एक महिला उक्त विद्यालयकै पूर्वशिक्षिका रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको र ६ जनामध्ये तीन जना नेपाली र तीन जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । सोमबार रुपेशलाई सीमा पारीबाट आएकाहरुले ५ राउण्ड गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । गोली लागेपछि गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगञ्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.