भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सरकारविरुद्धको मुद्दामा बहस गर्दै राष्ट्रपतिका कानुनविज्ञ

सरकारविरुद्धको मुद्दामा बहस गर्दै राष्ट्रपतिका कानुनविज्ञ

काठमाडौं । सरकारविरुद्धको मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनविज्ञ बाबुराम कुँवरले बहस पैरवी गरेको पाइएको छ । उच्च अदालत पाटनमा दायर मुद्दामा कुँवरले सरकारविरुद्ध बहस गरेका हुन् । राष्ट्रपति पौडेलले गत चैत १६ गते कुँवरलाई कानुनविज्ञमा नियुक्त गरेका हुन् ।

नियुक्त भएको चार महिनापछि नै कुँवरले सरकारविरुद्ध बहस गरेको पाइएको हो । कुँवरले साउन १७ गते न्यायाधीशद्वय दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासमा बहस गरेका थिए । त्यस्तै साउन २४ गते न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा बहस गरेको पाइएको छ ।

उनीहरूले उच्च अदालतमा साउन ७ गते रिट दायर गरेको पाइएको छ । रिटमा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिव, सहसचिव, सहरी विकास तथा भवन निर्माण विभाग, अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय र आन्तरिक राजस्व कार्यालय पुतलीसडक लगायतलाई विपक्षी बनाइएको छ ।

राष्ट्रपति कार्यालयका कानुनविज्ञमा नियुक्त हुनुअघि कुँवर प्रदेश ४ (हाल, गण्डकी प्रदेश) को प्रमुख थिए ।उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा महान्यायाधिवक्तासमेत भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.