भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सरकारविरुद्धको मुद्दामा बहस गर्दै राष्ट्रपतिका कानुनविज्ञ

सरकारविरुद्धको मुद्दामा बहस गर्दै राष्ट्रपतिका कानुनविज्ञ

काठमाडौं । सरकारविरुद्धको मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेलका कानुनविज्ञ बाबुराम कुँवरले बहस पैरवी गरेको पाइएको छ । उच्च अदालत पाटनमा दायर मुद्दामा कुँवरले सरकारविरुद्ध बहस गरेका हुन् । राष्ट्रपति पौडेलले गत चैत १६ गते कुँवरलाई कानुनविज्ञमा नियुक्त गरेका हुन् ।

नियुक्त भएको चार महिनापछि नै कुँवरले सरकारविरुद्ध बहस गरेको पाइएको हो । कुँवरले साउन १७ गते न्यायाधीशद्वय दीपेन्द्रबहादुर बम र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासमा बहस गरेका थिए । त्यस्तै साउन २४ गते न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा बहस गरेको पाइएको छ ।

उनीहरूले उच्च अदालतमा साउन ७ गते रिट दायर गरेको पाइएको छ । रिटमा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिव, सहसचिव, सहरी विकास तथा भवन निर्माण विभाग, अर्थ मन्त्रालय आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय र आन्तरिक राजस्व कार्यालय पुतलीसडक लगायतलाई विपक्षी बनाइएको छ ।

राष्ट्रपति कार्यालयका कानुनविज्ञमा नियुक्त हुनुअघि कुँवर प्रदेश ४ (हाल, गण्डकी प्रदेश) को प्रमुख थिए ।उनी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा महान्यायाधिवक्तासमेत भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.