काठमाडौं । दैनिक ज्यालादारी गरी हातमुख जोर्ने जनतालाई सरकारले राहत प्रदान गर्न नसकेको साझा पार्टीले आरोप लगाएको छ । चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्था सरकारले राहत सहयोग नगरेको दावी सो पार्टीको छ।
दैनिक ज्यालादारी गरेर छाक टार्नेहरू खान नपाएर मर्ने अवस्था सिर्जना भएको पार्टीका सहप्रवक्ता शरदराज पाठकले बताए । कयौं नागरिक खान नपाएर मर्ने भए भन्दै सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त रहको साझाको ठम्याई छ।
साझा पार्टीले सबै सरकारी संयन्त्र परिचालन गरेर देशभरि देखिइरहेका कारूणीक अवस्थालाई तुरून्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।
