भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

सुडानमा राष्ट्र सङ्घका ३ जना कर्मचारीसहित २७ जनाको ज्यान मृत्यु

सुडानमा राष्ट्र सङ्घका ३ जना कर्मचारीसहित २७ जनाको ज्यान मृत्यु

एजेन्सी । सत्ता सङ्घर्षका क्रममा सुडानमा भएको हिंसात्मक घटनामा २७ जनाको मृत्यु भएको छ । सुडानको सत्ता संर्घषका कक्रममा सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको लडाइँ हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको हो ।

राजधानी खार्तुममा आइतबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको छ । हिजो बिहानैदेखि दुई पक्षबीच झडप सुरु भएको हो ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

ज्यान गुमाउनेमा ३ जना संयुक्त राष्ट्र सङ्घका कर्मचारी रहेका कर्मचारी रहेको सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको थियो । घटनामा दुई सय जनाभन्दा धेरै घाइते भएका छन् । राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.