भर्खरै : Sorry, your browser does not support inline SVG.

कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रर्वद्धन गर्न उपभोक्ताहरुसंग छलफल

कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रर्वद्धन गर्न उपभोक्ताहरुसंग छलफल

चितवन । चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रर्वद्धन गर्ने विषयमा छलफल भएको छ । “जे पाक्छ त्यहि बिक्छ अभियान”का अभियान्ता तथा पर्यटन व्यवसायी रामसुन्दर बके र स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरु बीच आन्तरिक पर्यटन पर्वद्धन गर्ने विषयमा आइतबार छलफल भएको हो ।कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रर्वद्धन गर्न उपभोक्ताहरुसंग छलफल

छलफलमा “जे पाक्छ त्यहि बिक्छ अभियान”का अभियान्ता रामसुन्दर बकेले अर्थतन्त्रको मेरुदण्ड पर्यटन भएपनि राज्यले प्राथमिकता नदिएको बताउँदै “गाउँ–गाउँमा होमस्टे घर–घरमा रोजगार” भन्ने अवधारणालाई बढाउनु पर्ने बताए । उनले राज्यले होमस्टेलाई अनुदान नदिए पर्यटनका समस्या समाधान नहुने तर्क गरे ।कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रर्वद्धन गर्न उपभोक्ताहरुसंग छलफल

अभियान्ता तथा पर्यटन व्यवसायी बकेले कुमरोज मध्यवर्ती सामुदायिक वनमा आन्तरिक पर्यटन पर्वद्धन गर्न राष्ट्रिय निकुञ्जमा प्रवेशका लागि प्रवेशद्वार राख्नु पर्ने बताउँदै यसकालागि आफूले राज्यसंग सम्न्वयनकारी भूमिका निर्वाह गर्ने बताए । जनताको आर्थिक विकासका लागि पर्यटन सबै भन्दा महत्वपूर्ण पाटो भएकाले पर्यटन विकासका लागि सबै भन्दा बढि स्थान उपभोक्ता नै जागरुक हुनु पर्ने अभियान्ता तथा पर्यटन व्यवसायी बकेको भनाई थियो ।कुमरोज मध्यवर्ती सामुदायिक वनमा पर्यटन प्रर्वद्धन गर्न उपभोक्ताहरुसंग छलफल

छलफलमा कुमरोज मध्यवर्ती सामुदायिक वनका उपभोक्ताहरुको सक्रिय सहभागिता रहेको थियो । छलफलमा कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, बुढीराप्ती उपभोक्ता समिति अध्यक्ष हिरा बहादुर गुरुङ, नेपाली काँग्रेस प्रतिनिधि राजु शिलवाल, नारायणदत्त तिमिल्सिना, साना किसान सहकारी अध्यक्ष तेज प्रसाद बतौला, खैरहनी नगरपालिका वडा नं १२ अध्यक्ष केदार पन्त, सीबीपीयुका अध्यक्ष हेम दुरुङ, एमाले प्रतिनिधि कृष्णलाल चौधरी, माओवादी केन्द्रका प्रतिनिधि लीलानाथ ढुंगाना,अन्नपूर्ण सहकारी अध्यक्ष कल्याण लटौला, बुढीराप्ति उपभोक्ता समितिका पदाधिकारी इश्वरी पाठक, खैरहनी नगरपालिका वडा नं १३ का निर्वतमान वडा अध्यक्ष चन्द्रलाद चौरधरी, बुढीराप्ति उपभोक्ता समितिका राम बस्नेत र पे्रम केसी लगायतको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.