भर्खरै : Sorry, your browser does not support inline SVG.

सुरक्षण मुद्रण केन्द्रका निर्देशकसहित ९ जना अख्तियारको फन्दामा 

सुरक्षण मुद्रण केन्द्रका निर्देशकसहित ९ जना अख्तियारको फन्दामा 

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेमुद्दा दायर गरेको छ । सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्दा लाभ लिएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित सिडिई, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न, मेपटेक विल्डिंग सर्भिसेस , परामर्शदाता वास्तुशिल्प एसोसिएट्ससहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि २ अर्ब ६९ करोड रुपैयाँ बिगो माग्दै मुद्दा हालेको छ। कार्यकारी निर्देशक पौडेल एक्लैसँग अख्तियारले ६९ करोड रुपैयाँ बिगो माग गरेको छ । ‘सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा अस्वाभाविक लागत तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भए भन्दा फरक देशमा उत्पादिक जेनेटेर स्वीकार गरी भुक्तानी गरेको अनुसन्धानबाट खुलेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

सिडिइी नविनकुमार पोखरेल मेकानिकल, सहायक निर्देशक रमेश प्रसाद पोखरेल, शाखा अधिकृत मनिकमान महर्जन, पूर्व लेखा अधिकृक रामबहादुर बुढा, शाखा अधिकृत शिरिष उपाध्याय, इन्जिनियरिङ्ग मार्केटिंग कन्सर्न प्रा.लिका प्रबन्ध निर्देशक रोहित मान प्रधान, मेपटेक विल्डिंग सर्भिसेस प्रा.लिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्र लाल गुरौ रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.