भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

सेनाको हेलिकप्टर बेपत्ता

सेनाको हेलिकप्टर बेपत्ता

ट्युनिसिया । चार जना सवार ट्युनिसियाली सेनाको हेलिकप्टर बेपत्ता भएको छ । राडार स्क्रिनबाट हराएको केही घण्टापछि दुर्घटना भएको आशङ्का गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

केप सेराट क्षेत्रमा रात्रि उडान गरिरहेको हेलिकप्टरसँग सञ्चार विच्छेद भएको सेनाको विज्ञप्तिमा उल्लेख छ । विमान खोजी गर्न स्थल, जल तथा हवाई स्रोत परिचालन गरिएको सेनाले जनाएको छ ।

ट्युनिसियाली सेनाले हालैका वर्षहरूमा तालिम वा जासुसी अभियानमा थुप्रै विमानहरू गुमाएको छ। सन् २०२१ अक्टोबरमा दक्षिणी प्रान्त गाबेसमा रात्रि अभ्यासको क्रममा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीन सैनिकको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.