भर्खरै : Sorry, your browser does not support inline SVG.
केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह |

स्वार्थ समूहले लगाएको आरोप निराधार छ, आरोप प्रमाणित गर्न चुनौती दिन्छु : प्रमुख भट्टराई (भिडियाे सहित)

स्वार्थ समूहले लगाएको आरोप निराधार छ, आरोप प्रमाणित गर्न चुनौती दिन्छु : प्रमुख भट्टराई (भिडियाे सहित)

भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख नेत्र भट्टराईले विभिन्न स्वार्थ समूहले आफूमाथि लगायका आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । यातायात व्यबस्था कार्यालय थिमिस्थित राधे राधे माइक्रोबस पार्कमा सार्ने भएपछि विभिन्न स्वार्थ समूहहरुले आर्थिक चलखेलका कारण कार्यालय सारेको भन्ने आरोप प्रमाणीत भट्टराइले चुनौती दिएका हुन । उनले अबधी पुगेपछि यातायात कार्यालय सधै भरी एउटै ठाउँमा बस्नु पर्छ भन्ने नभएको बताउँदै पाँच वर्षका लागि गरिएको घर भाडा सम्झौताको समय सकिए पछि नयाँ प्रक्रियामार्फत घर सार्ने प्रक्रिया थालिएको जानकारी दिए ।

कार्यालयले प्रक्रिया पुर्‍याएर घर सार्न सक्ने प्रावधान भएकाले अर्को घर भाडामा लिएको बताउदै उनले घर भाडामा लिनए एउटा प्रक्रिया पुर्‍याउनु पर्ने भएकाले जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला सम्वनय समितिको कार्यालय लगायतका कार्यालयमा सूचना टास गरी पर्न आए जतिका घर भाडाका पस्तावहरु प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको दररेट कमिटिको निर्णयले मात्रै घर सर्ने भएकाले घर सार्ने कुरा कुनै व्यक्ति कार्यालय प्रमुखको तजविजमा नहुने जानकारी दिए ।

उनले कुनै स्वार्थ समूहको प्रभावमा नभई सेवा ग्राहीलाई सेवा गर्न कार्यालय सार्ने निर्णय गरिएको बताउँदै उनले भने “कुनै स्वार्थ समूहले सटर भाडामा दिएर गरेको व्यवसायमा भोलि भाडा उठाउँन पाउँदिन भन्ने जुन आक्रोष त्यो आक्रोषबाट हामी प्रभावित हुने होइन । ती आरोपहरु पनि निराधार छन् । उहाँहरुको व्यवसायमा घाटा लाग्ने भएर विभिन्न आरोप लाउनु भएको छ । म यहीँबाट तपाइलाई चुनौती दिन्छु एउटा कानुनी प्रक्रिया छ, पद्धती छ, महिले कोहीसंग, कसैसंग, कुनै पनि प्रकारको आर्थिक चलखेल गरेको भन्ने कुराहरु प्रमाणित गर्नुहोस् भोग्न तयार छु” ।

जगातीमा रहेको घरमा सुविधान नभएकाले सर्नु परेको बताउदै उनले पार्किङ, सौचालय समेतको समस्या व्यहोर्नु परेकाले कार्यालय सार्न बाध्य भएको बताए । उनले पार्किङको उपयुक्त सुविधा नभएको, सेवाग्राहीलाई ग्राउण्ड फ्लोरमा सौचालयको व्यवस्था समेत नभएको, तेस्रो पक्षले सानो टहारा बनाएर सौचालय बनाएको र सेवाग्रहीले पैसा तिर सौचालय जानु पर्ने बाध्यता रहेकाले यहाँको घर नै सेवा ग्राहीमैत्री नभएकाले सर्नु परेको तर्क गरे । एउटा काम गर्न सेवा ग्राहीले ६ वटा कार्य सम्पादन गर्नु पर्ने भएकाले सबै प्रक्रिया पुरा गर्न ठाउँ समेत अभाव भएकाले यस कार्यालयको विकल्प खोजिएको बताए ।

यही साउन १ गतेदेखि यातायात व्यवस्था कार्यालय राधेराधेमा सर्ने र त्यहीबाट कार्य सम्पादन हुने बताउँदै उक्त कार्यालय भवन सेवाग्राही मैत्री रहेको जानकारी दिए । उनले राधेराधेमा रहेको कार्यालय सेवाग्राहीमैत्री हुने विश्वास दिलाउँदै सर्वसधारणमा पर्न गएको अुसुविधाप्रति क्षमा समेत मागे । भिडियाे …

 


Thali Mobile Pvt.Ltd.