भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

हङकङ विमानस्थलमा कार्गो जहाज चिप्लिएर समुद्रमा खस्यो, दुईजनाको मृत्यु

हङकङ विमानस्थलमा कार्गो जहाज चिप्लिएर समुद्रमा खस्यो, दुईजनाको मृत्यु

एजेन्सी । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्गो जहाज धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्दा दुई जनाको ज्यान गएको छ, इमिरेट्स एयरलाइन्सको उडान ईके ९७८८ को बोइङ जहाज गएराति अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमान अवतरणका क्रममा धावनमार्गको दक्षिण भागमा रहेको एउटा गाडीलाई ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ, सो क्रममा दुईजना ’ग्राउन्ड स्टाफ’ समुद्रमा खसेका थिए, उद्धारपछि अस्पताल लगिए पनि दुबै जनाको मृत्यु भएको हङकङ प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जहाजमा चालक दलका चार सदस्य रहेका थिए, उनीहरू जीवितै उद्धार गरिएका र अस्पतालमा उपचाररत रहेको समाचारमा उल्लेख छ ।  दुर्घटनापछि जहाज दुई टुक्रा भएको र एउटा भाग समुद्रमा तैरिरहेको अवस्थामा भेटिएको छ ।

विमानस्थलमा आज कम्तिमा ११ वटा कार्गो जहाज अवतरण गर्ने तालिका रहेकामा सबै उडान रद्द गरिएको विमानस्थलको वेबसाइटमा जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.