भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नागरिकलाई राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न प्रधानमन्त्री कार्कीको आग्रह

नागरिकलाई राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न प्रधानमन्त्री कार्कीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले देशमा सुशासन र विकासको आधारशीला तयार भएको बताउनुभएको छ, तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न सबै नागरिकलाई आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा पनि एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति रहेको बताउँदै कुनै पनि भ्रममा नपरी सबै मिलेर निराशा र अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले आगामी छ महिनाभित्र स्थिर सरकार दिने प्रतिबद्धताका साथ चुनावको वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्नुभयो, साथै राजनीतिक संवाद र सुरक्षास्थिति सुधारका काम सन्तोषजनक रूपमा अघि बढिरहेको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री कार्कीका अनुसार आउँदो फागुन २१ मा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्ने, सुशासन कायम गर्ने, भ्रष्टाचारविरुद्ध ठोस कदम चाल्ने र जेन–जी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिन गर्ने कार्य सरकारको प्राथमिक जिम्मेवारी हो ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि तिहार पर्वको अवसरमा शुभकामना सन्देश पठाउँदै शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.