देबराज पाध्याय/ बाजुरा । कर्णाली नदिमा रयाफ्टिङ्ग सेवा सुचारु भएको छ । हिमाली गाउँपालिका र रारा कैलाश टुर्स एण्ड कणार्ली ट्रेल नेपालको साझेदारीमा संचालित जलयात्रा तथा ¥याफ्टिङ्ग सेवा सुचारु भएको हो ।
हिमाली गाउँपालिकाको कार्यालय नजिकै धुलाचौरमा रहेको कर्णाली नदिमा एक औपचारिक कार्यक्रमका साथ ब्यानर पढेर र जलयात्रा गरेर नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा निवर्तमान राष्ट्रिय सभा सदस्य बद्री प्रसाद पाण्डेले सो जलयात्रा सेवाको सुचारु गरेका हुन । बाजुरालाई पर्यटकिय क्षेत्र बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई आम्दानीको स्रोत बढाउनका लागि गाउँपलिकाले महित्वपूर्ण भुमिका खेलेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताए ।
कर्णाली नदिमा बगेको पानीलाई दैनिक जीवनयापनसंग जोड्दै पानीलाई सुन बनाउने पहिलो खुड्किलो गाउँपलिकाले टेकेको नेपाली काँग्रेसका कन्द्रिय सदस्य राष्ट्रिय सभा सदस्य बद्री प्रसाद पाण्डेले बताए । अबका दिनमा जलयात्रा सेवालाई गाउँपालिकाको आम्दानीको स्रोतका रुपमा विकास गर्दै व्यावसायिक तबरबाट अगाडी बढ्न समेत अनुरोध गरे ।
कार्यक्रममा पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीलगायतले मन्तव्य राखेका थिए । गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको अध्यक्ष्तामा संञ्चालन भएको कार्यक्रममा महासमिति सदस्य पदम शाही, त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावल, महिला संघ केन्द्रिय सदस्य जुना दानी, उपमेयर राधिका सुनार, गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला बुढा, जिल्ला कार्य समिति सदस्य कमल बुढा, नेविसंघ नेता दिनेश शाही लगायत अन्य संचारकर्मी र सुरक्षाकर्मीको बाक्लो सहभागिता रहेको थियो ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक शाहीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य नागरिक सेवा समाज बाजुराका अध्यक्ष गणेष भणडारीले गरेका थिए ।
