भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

२४ घण्टामा २१ सय ७४ को मृत्युः अमेरिका

२४ घण्टामा २१ सय ७४ को मृत्युः अमेरिका

काठमाण्डाैं । संरा अमेरिकामा पछिल्लो २४ घण्टामा २१ सय ७४ को मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या ३४ हजार ६ सय १७ पुगेको छ । अहिले अमेरिकामा एकैदिन २९ हजार ५ सय ६७ नयाँ संक्रमित भेटिएको वर्ल्डोमिटर्सको डाटाबेसमा सुचीकृत छ ।

अहिलेसम्म ६ लाख ७७ हजार ५ सय ७० जना कोरोनाभाइरसबाट यहाँ संक्रमित छन् । यसमध्यमा १३ हजार ३ सय ६९ को अवस्था चिन्ताजनक छ भने जम्मा ५७ हजार ५ सय ८ जना उपचारपछि घर फर्किसकेका छन् ।

गत वर्षको अन्तमा चीनको वुहानमा देखिएको कोरोना हाल विश्वका विभिन्न देशमा फैलिने क्रम जारी छ । पछिल्लो समयमा कोरोना भाइरसबाट अमेरिका इपीसेन्टर बनिरहेको छ । अहिले अमेरिकामा दैनिकजसो २ हजार बढीको मृत्यु भइरहेको छ ।