भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

११ महिनामा ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल आयात

११ महिनामा ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल आयात

काठमाण्डौ, १७ असार । धानचामल आयात गएको वर्षको तुलनामा करिब १७ अर्ब ८२ करोड रुपैयाँ बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको ११ महिना जेठ मसान्तसम्म ३८ अर्ब ९४ करोड रुपैयाँको धानचामल आयात भएको छ ।

गएको आर्थिक वर्षको यही अवधिमा २१ अर्ब १२ करोड रुपैयाँ बराबरको आयात भएको थियो । हरेक महिना औसत तीन अर्ब रुपैयाँ भन्दा धेरैको धानचामलको आयात बढेकाले असार मसान्तसम्म थप तीन अर्ब मूल्यको आयात हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

चालू आर्थिक वर्षको ११ महिनामा १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको चामल आयात भएको तथ्याङ्क छ । गएको वर्ष यो अवधिमा १२ अर्ब ४३ करोड रुपैयाँको चामल आयात भएको थियो । बाह्य देशबाट वस्तु स्वदेश आयात बढ्दा व्यापारघाटा थप नकारात्मक हुने अनुमान गरिएको छ ।

मन्त्रालयका अनुसार सामान्यतया वार्षिक झन्डै ७० लाख मेट्रिक टन धानको माग रहेकामा झन्डै ६० लाख मेट्रिक टन धान स्वदेशी उत्पादन हुने गरेको छ । झन्डै १० लाख मेट्रिक टन अपुग धान आयात हुने गरेको छ । कृषि उत्पादन बढाएर आयात प्रतिस्थापन गर्न किसानलाई समयमै मल, बीउ, सिँचाइ सुविधा, अनुदानको व्यवस्थासहित यस क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको जानकारहरूले बताउने गरेका छन् । रासस

 


Thali Mobile Pvt.Ltd.