भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

निजामती विधेयकको ‘कुलिङ पिरियड’ व्यवस्था विवादमा

निजामती विधेयकको ‘कुलिङ पिरियड’ व्यवस्था विवादमा

काठमाडौँ, १७ असार । प्रतिनिधिसभाबाट पारित भएको निजामती सेवा विधेयकमा अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म पुनः नियुक्तिमा रोक लगाउने ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान विवादको विषय बनेको छ।

राज्यव्यवस्था समितिले तयार पारेको प्रतिवेदन अनुसार, विधेयकको दफा ८२ को उपदफा ४ मा अवकाशप्राप्त वा राजीनामा दिएको कर्मचारीले दुई वर्ष नबितेसम्म कुनै संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउन नपाउने व्यवस्था गरिएको छ। तर, उपदफा ५ मा संवैधानिक, कूटनीतिक नियुक्ति र नेपाल सरकारले गर्ने अन्य नियुक्ति बाहेकका पदमा मात्रै नियुक्ति नपाउने उल्लेख छ।

यसले उच्च पदस्थ कर्मचारीहरूलाई सहुलियत दिने देखिएपछि सांसदहरू बीच विवाद उत्पन्न भएको छ। मुख्यसचिव नेतृत्वको सचिवहरूले कुलिङ पिरियड हटाउन दबाब दिएका थिए। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल लगायतसँग सचिवहरूको भेटवार्ता भएको थियो।

सरकार उच्चपदस्थ कर्मचारीको दबाबमा पछि हट्न सक्ने चर्चा पनि चलेको थियो। राज्यव्यवस्था समितिको प्रतिवेदनलाई स्वीकृति दिँदै प्रतिनिधिसभाले असार १५ गते विधेयक पारित गरेको छ र अब यो राष्ट्रियसभामा पुगेको छ।

 


Thali Mobile Pvt.Ltd.