भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

बङ्गलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि १५ सदस्सीय टोली नेपाली टोली घोषणा

बङ्गलादेशमा हुने पाँचदिवसीय कबड्डीका लागि १५ सदस्सीय टोली नेपाली टोली घोषणा

काठमाण्डौ । पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ । बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली अखिल नेपाल कबड्डी सङ्घले घोषणा गरेको हो ।

टोलीमा नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन् । घनश्यामसँगै रामु टमाटा सहित १५ सदस्सीय टोली घोषणा गरेको हो । टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख टोलीमा सेमेटिएका छन् ।

यस्तै, उपविजेता काठमाण्डौबाट सोहेल इस्लाम, मेघराज गिरि र प्रमोद श्रेष्ठ सेमिटिएका छन् । उनीहरूबाहेक गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन् । वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन् ।

सङ्घका अनुसार प्रतियोगिता फागुन ६ देखि १६ गतेसम्म बङ्गलादेशका विभिन्न शहरमा हुने तय छ । तर, खेल खेलाउने ठाउँ भने अझै टुङ्गो लागेको छैन । टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ । टोलीको कप्तानी घनश्याम रोकामगरले नै गर्नेछन् ।

रामुको कप्तानीमा रहेको जनकपुर नाइट्सले घनश्यामको कप्तानीमा रहेको काठमाण्डौ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै प्रथम संस्करणको उपाधि जितेको थियो ।

 


Thali Mobile Pvt.Ltd.