भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित | भोटेकोशी बाढीका ३ हजार ९१५ बेपत्तालाई मृत घोषणा गर्न सिफारिस, १ हजार ३७० को विवरण अझै अपुष्ट | शरद ऋतुमा ७७ देशका १ हजार ६३३ आरोहीलाई हिमाल चढ्ने अनुमति, ३३ करोडभन्दा बढी राजस्व | रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको प्रतिबद्धता, अन्तर्राष्ट्रिय सहकार्यमा जोड | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद सम्पन्न, ८४ विद्यालयका तीन हजारभन्दा बढी विद्यार्थी सहभागी | पटक-पटक बन्द भएको जुट मिल्स अब निजी लगानीमा चलाउने सरकारको योजना | तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन | निकुञ्जमा मात्र सीमित छैनन् वन्यजन्तु, आसपासका सामुदायिक वनमा पनि देखिन्छन् |

शनिवारदेखि यूएसएआईडीको वेबसाइट अनलाइनबाट हटाइयो

शनिवारदेखि यूएसएआईडीको वेबसाइट अनलाइनबाट हटाइयो

एजेन्सी । यूसएआईडीको वेबसाइट अमेरिकी सरकारले बन्द गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएको हो ।

अर्बपति व्यापारी एलोन मस्कले नेतृत्व गरेको संस्था डज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी) का प्रतिनिधिहरूलाई भवनको प्रतिबन्धित क्षेत्रमा जानबाट रोक्न कोसिस गरेका दुई सुरक्षा कर्मचारीहरूलाई पनि छुट्टीमा पठाइएको खबरमा उल्लेख छ ।

अमेरिकी सरकारको कार्यक्षमता वृद्धि गर्न र अनावश्यक खर्च कटौती गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई जिम्मेवारी दिएका छन् । मस्कले यूएसएआईडीलाई अपराधिक सङ्गठन भन्दै यसको अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् । लगत्तै अमेरिकाले शनिवारदेखि यूएसएआईडीको वेबसाइट पनि अनलाइनबाट हटाएको हो ।

यूएसएआईडीका एक सयभन्दा धेरै कर्मचारीलाई गएको हप्तादेखि बिदामा पठाइएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।यूएसएआईडीका झण्डै ३० जना कर्मचारीले आफ्नो संस्थागत इमेलमा पहुँच गुमाएका छन् ।

यूएसएआईडीले विश्वभरका विभिन्न देशमा शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी, घातक रोगहरूको उपचार, आर्थिक विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा काम गर्छ । अमेरिकी कंग्रेसमा रहेका डेमोक्रेटिक पार्टीहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा यूएसएआईडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरुले अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सीलाई हटाउने ट्रम्पसँग कुनै कानूनी अधिकार नभएको भन्दै राष्ट्रपति ट्रम्पको यो कदमविरुद्ध कानूनी लडाईं लड्ने बताइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.