भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हिमपात हुने

गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हिमपात हुने

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सफा रहने जनाएको छ । पहाडी तथा हिमाली भेगको मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

मंगलबार गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ भने मंगलबार अरु प्रदेशमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरोका कारण तराई भेगमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै ठाउँहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही ठाउँहरुमा मध्यान्नसम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.