भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हिमपात हुने

गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा हिमपात हुने

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभरको मौसम सफा रहने जनाएको छ । पहाडी तथा हिमाली भेगको मौसम मुख्यतया सफा रहेको छ भने तराईका धेरै ठाउँहरुमा हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ ।

मंगलबार गण्डकीदेखि पश्चिमका भेगमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ भने मंगलबार अरु प्रदेशमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरोका कारण तराई भेगमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै ठाउँहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही ठाउँहरुमा मध्यान्नसम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.