भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा

ओलीलाई अध्यक्षबाट हटाएको जानकारी निर्वाचन आयोगमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको आधिकारिक जानकारी निर्वाचन आयोगलाई दिएको छ ।

स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको पत्र बिहीबार निर्वाचन आयोगमा दर्ता गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ मा विधान विपरीत काम गर्ने पदाधिकारीलाई कारवाही गर्न सकिने प्रावधान रहेकाले त्यसैअनुसार ओलीजीलाई कारवाही गरिएको जानकारी आयोगलाई दिएको पोखरेलले बताए ।

७ पुसमा बबरमहलमा बसेको नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्यको उपस्थितिमा बसेको बैठकले ओलीलाई कारवाही गरेको जानकारी आयोगलाई दिएको पोखरेलले बताए । ओली पक्षले भने गुटको भेलाले कुनै कारवाही गर्न नसक्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.