भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका ४ जना अझै बेपत्ता

तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका ४ जना अझै बेपत्ता

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता छन् ।

शनिबार बिहान गेट कन्ट्रोल गर्नका लागि बनाइएको दुईतले भवन माथिबाट खसेको पहिरोमा पुरिँदा नेपाली सेना गरुणदल गणका नरेन्द्रबहादुर पाल र शङ्कर चन्द, आयोजनामा कार्यरत कर्मचारीहरु नवलपरासी प्रतापपुरका ३५ वर्षे कृष्णप्रसाद चौधरी र दोलखा विगु गाउँपालिका–१ स्यालुका ३० वर्षे जयराम तामाङ बेपत्ता भएका थिए ।

जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले उक्त स्थानमा उद्धार टोली पुग्न नसकेको बताए । “हिजो बिहान १०ः३० बजेतिर कर्मचारीको सिफ्ट चेञ्ज भएको थियो ।

११ बजेतिर घटना भयो”, गौतमले भने, “नेपाली सेनाका दुई जना र गेट९खोल्ने बन्द गर्ने कामका लागि करार सेवामा कार्यरत दुई जना कर्मचारी पहिरोमा पुरिएको जानकारी प्राप्त भएको छ ।” रासस

 


Thali Mobile Pvt.Ltd.