भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

पनौतीमा ५ जनाको मृत्यु, १२ बेपत्ता

पनौतीमा ५ जनाको मृत्यु, १२ बेपत्ता

काठमाडौं । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा पाँच जनाको मृत्यु हुनुनका साथै १२ जना वेपत्ता भएका छन् । बिहीबार साँझदेखि परेको अविरल वर्षाले ठूलो जनधनको क्षति भएको हो ।

खोपासी जलविद्युत आयोजनको ड्याम क्षेत्रमा रोशी नदीको बाढीले ठूलो क्षति पुगेको छ । रोशीको माथिल्लो क्षेत्रमा रहेको खानी र क्रसरबाट बाढीसँगै बगेर आएको गेग्रानले पनौती नगरपालिका १२ मल्पीभन्दा तलको रोशी बजार पूर्णरूपमा क्षति पुगेको हो ।

खोपासी जदविद्युत् आयोजनाको बाँध क्षेत्रमा रहेको बजारका पक्की घरहरू नै रोशीको बाढीले तहसनहस बनाएको छ । नगरपालिकामा १७ जना बेपत्ता भएकोमा अहिलेसम्म ५ जनाको शव फेला परेको र १२ जनाको खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको १२ नम्बर वडामा ठूलो क्षति पुगेको र रोशीको बजार क्षेत्र रोशी खोलाले बगाएको जनाएको छ । नगरपालिकाभित्र ३ सयभन्दा बढी घरमा बाढी र पहिरोका कारण क्षति पुगेको छ । नगरपालिकाका ११, १ र २ नम्बर वडामा पनि क्षति पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.