भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान

४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान

काठमाडौं, २५ साउन । देशका ४० जिल्लामा बाढीको जोखिम रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने र केही स्थानमा आकस्मिक बाढीको जोखिम रहेको छ।

महाशाखाका अनुसार झापा, मोरङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ताप्लेजुङ, संखुवासभा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, सल्यान, दैलेख, सुर्खेत, बाँके, बर्दिया, कैलाली, बझाङ, दार्चुला र बैतडीमा बाढीको जोखिम रहेको छ।

महाशाखाले आज २५ साउन, भोलि २६ साउन र पर्सि २७ साउन प्रमुख नदीहरूमा जलसतह बढ्ने पूर्वानुमान गरेको छ।विशेषगरी लगातारको वर्षाका कारण साना नदी, खोला तथा खहरेमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी किनार र तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाले नदी तथा खोलाको आसपास यात्रा गर्दा पनि सावधानी अपनाउन र सम्भावित बाढी तथा डुबानबाट सुरक्षित रहन आवश्यक तयारी गर्न आग्रह गरेको छ। वर्षाको अवस्था र नदीको जलसतहमा आउने परिवर्तनअनुसार जोखिम थप बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचना पालना गर्न पनि नागरिकलाई आग्रह गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.