भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

पहिलो पटक नेपालभित्रै ४ सय केभीको लाइनबाट बिजुली प्रवाह शुरु

पहिलो पटक नेपालभित्रै ४ सय केभीको लाइनबाट बिजुली प्रवाह शुरु

काठमाडौं । आज पहिलो पटक नेपालभित्रै विद्युत् प्रसारण तथा आपूर्तिका लागि ४ सय केभी डबल सर्किट प्रसारण लाइनबाट बिजुली प्रवाह भएको छ । ढल्केबर–इनरुवा विद्युत् प्रसारण लाइनमा आजदेखि बिजुली प्रवाह शुरु भएको हो ।

आजेदेखि देशभित्रै विद्युत् प्रसारणका लागि धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ इनरुवासम्म विद्युत् प्रसारण लाइन सञ्चालनमा आएको हो । यो प्रसारण लाइनमा यही असारको २ गतेदेखि बिजुली प्रवाह गरेर परीक्षण भइरहेको थियो ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि यो प्रसारण लाइन निकै महत्त्वपूर्ण रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । माथिल्लो तामाकोशीलगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्न र पूर्वी भेगको बिजुली पश्चिमतर्फ ल्याउन हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइन महत्त्वपूर्ण रहेको आयोजनाका प्रमुख श्यामकुमार यादवले बताए ।

 

 


Thali Mobile Pvt.Ltd.