भर्खरै : Sorry, your browser does not support inline SVG.
मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित |

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाटै पक्राउ

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाटै पक्राउ

काठमाडौं । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतबाटै पक्राउ गरेको छ । गएको मार्च २१ तारिखदेखि प्रवर्तन निर्देशनालय (ईडी) को न्यायिक हिरासतमा रहेका केजरीवाललाई आज सीबीआईले पक्राउ गरेको हो ।

सीबीआईले गए राति नै जाँड–रक्सीसम्बन्धी नीतिमा परिवर्तन गरी अन्तःशुल्कसम्बन्धी अनियमितता गरेको आरोपमा केजरीवालको बयान रेकर्ड गराएको थियो । त्यसपछि अदालतमा उपस्थित गराइएका केजरीवाललाई थप सोधपुछ गर्न न्यायाधीशले अनुमति दिएपछि सीबीआईले औपचारिक रूपमा पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।

यसअघि हिजो दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ । योसँगै ईडीको न्यायिक हिरासतमै रहेका केजरीवाललाई सीबीआईले पक्राउ गरेको हो । अब उनलाई सीबीआईले हिरासतमा राखेर अनुसन्धान गर्नेछ । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.